प्रधानमन्त्री ओलीले गरे सरकार छाड्ने संकेत - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

प्रधानमन्त्री ओलीले गरे सरकार छाड्ने संकेत



काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफै राजिनामा नदिएपनि अब छिट्टै सरकार ढल्ने संकेत गरेका छन् । उनले यदि सरकार ढलेको खण्डमा निर्वाचनमा होमिनुपर्ने बताए ।

बालुवाटारमा बोलाएको केन्द्रीय कमिटीको बैठकमा ओलीले यस्तो बताएका हुन् । ओलीले आफूमाथि कसैले अविश्वासको प्रस्ताव पनि ल्याउन नसक्ने र कसैले विश्वासको मत फिर्ता गर्न नसक्ने समेत बताए ।

ओलीले आफूले राजीनामा नदिने बताएका छन्। बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उनले आफूलाई विश्वासको मत नदिए चुनावमा जानुपर्ने परिस्थिति आउने बताएका हुन्।

उनले आफूमाथि अविश्वासको प्रस्ताव ल्याउन पनि नसक्ने र विश्वासको मत फिर्ता लिन नसक्ने परिस्थिति रहेको बताए। उनले विरोध गर्नेहरुले पनि आफूलाई मुटुमाथि ढुंगा राखेर मत दिने बताए। ‘नत्र चुनावमा जानु पर्नेछ,’ ओलीको भनाइ उद्धृत गर्दै एक जना केन्द्रीय कमिटी सदस्यले भने, ‘चुनावमा जाँदा जनताको चाहना बुझ्नुभएकै छ।’

उनले आफूहरुले संमयमताका साथ सबै दलसँग वार्ता गरिरहेको बताए। ‘परिआए विश्वासको मत सजिलै देखाउँछौँ,’ ओलीले भने, ‘सरकारको लागि मरिहत्ते गर्दैनौँ। सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउनेछौं।’