माफी नमागे माधव समूहमाथि तत्काल कारबाही गरिने - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

माफी नमागे माधव समूहमाथि तत्काल कारबाही गरिने



काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्नेहरु कारवाहीको भागिदार भएको दाबी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेकाे संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको नाम गरेर राष्ट्रिय कार्यकर्ता भेला गर्नेहरुले माफी नमागे कारवाही गर्ने चेतावनी दिएका हुन्।

‘उहाँहरु पार्टीको निर्णयभन्दा बाहिर गएर गुटबन्दीमा लाग्नुभयो। पार्टीकै नामबाट कार्यकर्ता भेला गर्दै हिँड्नुभएको छ। उहाँहरुले माफी नमागे कारवाहीको कुनै विकल्प छैन’ उनले भने।

उनले पार्टीभित्रको गुटबन्दीलाई स्वीकार नगर्ने बताए। उनले भने, ‘मलाई राजीनामा माग गरिराख्नुभएको छ। क्षमता हुनेले अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिन्छु। तर, उहाँहरु कसैले भ्याउनुहुन्न।’

उनले पार्टीभित्रको विवादको क्रममा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालहरुले सक्ने भए पार्टीबाटै मात्रै नभएर नागरिकतासमेत खोस्ने दाबी गरे।