माधव पक्षका सांसदहरू एकपछि अर्को गर्दै ओली पक्षमा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

माधव पक्षका सांसदहरू एकपछि अर्को गर्दै ओली पक्षमा



काठमाडौं- एमाले नेता माधव कुमार नेपाल समुहमा लागेको घोषणा गरेका सांसदहरू एकपछि अर्को गर्दै बालुवाटारमा पार्टी अध्यक्षले डाकेको बैठकमा पुगेका छन् ।

आजको बैठकमा नेपाल समुहका ४ सांसद ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेपाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् । पाण्डे नेपालको आफन्त समेत हुन् ।

नेपालका विश्वासपात्र मानिने पोखरेलले नेपाल लगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।

‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए ।