माधव समूहकै सांसद भन्छन्: उनीहरू पार्टी फुटाउन लागे - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

माधव समूहकै सांसद भन्छन्: उनीहरू पार्टी फुटाउन लागे



काठमाडौं- नेकपा एमालेको माधव-झलनाथ समूहमा रहेका सांसद कृष्णभक्त पोखरेल बालुवाटारमा जारी संसदीय दलको बैठकमा उपस्थित भएका छन्। उनले बालुवाटारमा माफी माग्दै अब उक्त समूहमा नलाग्ने बताएका छन्।

उनले बैठकमा भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नु पर्ने कुरा सकियो। अब म मुलधारमा लागे कहीँ कतै गल्ती भए माफ पाउँ।’

उनले माधव-झलनाथ समूह पार्टी फुटाउन लागेको आरोप पनि लगाए। ‘माधव नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले वहाँहरुलाई छोडेर यता आएको हुँ। मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु। एमाले र जबज नै प्रमुख कुरा हो।’, पोखरेलले भने।