माफी माग्दै माधव नेपाल छाडेर सांसद पोखरेल ओली समुहमा - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

माफी माग्दै माधव नेपाल छाडेर सांसद पोखरेल ओली समुहमा



काठमाडौँ -नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका नेता कृष्णभक्त पोखरेल पनि सहभागी भएका छन्।

ओलीले शनिबार बालुवाटारमा बोलाएको बैठकमा नेपाल पक्षका कुनै पनि नेता सहभागी नहुने भनिएका बेला नेता पोखरेल बालुवाटार गएका हुन्।

दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताए ।

उनले भने- छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।