माधव समूहसँग केपी ओली ‘फायर’: कारबाहीको तयारी
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल समुहप्रति फायर बनेका छन् । बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको बैठक बहिस्कार गरेर अरुकै लागि भेलाहरु गरिरहेको भन्दै नेपालहरुमाथि अनुशासनको कारवाही शुरु हुने बताएका छन् ।
ओलीले भनेका छन्, नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न मैले र महसचिवले निर्देशन दिदा दिदै पनि कथित भेला गरिएको छ । कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारवाही गरिनेछ ।
ओलीले नेपाल समूह सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने बताउँदै कारवाहीको प्रक्रिया अघि बढाइने प्रष्ट पारेका छन् । उनले ओली होउन्जेल पार्टी कब्जा गर्छु भनेर सपना पनि नदेख्न आग्रह गरे ।