एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु



नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्।

गत पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछि कुनै बैठकमा सहभागी नभएका गौतम आज पहिलोपटक केपी ओली पक्षले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भएका हुन्।

तर, बैठकमा माधव कुमार नेपाल पक्षीय सांसद्हरु सहभागी छैनन्। संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एक्लौटी निर्णय गरेको भन्दै नेपाल पक्षले ओली पक्षले बोलाएका बैठकहरु बहिष्कार गर्दै आएको छ।

आजै एमालेको केन्द्रीय कमिटी बैठक पनि बस्दैछ।