राष्ट्रपतिले बोलाएको बैठक बाबुरामले गरे बहिस्कार - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

राष्ट्रपतिले बोलाएको बैठक बाबुरामले गरे बहिस्कार



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बहिस्कार गरेकाक छन् ।

राष्ट्रपतिले अपरान्ह ४ बजे बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी नहुने भएका हुन्। संसद बैठकमा उपस्थित भएका भट्टराईले राष्ट्रपतिले बोलाएको बैठकमा भने स्वास्थ्य समस्याको कारण देखाएका छन् ।

पार्टीको काममा ब्यस्त रहेका भट्टराई आजको संसद बैठकमा उपस्थित थिए ।

कोरोना विरुद्धको खोप लगाएपछि स्वास्थ्यमा समस्या भएको तर, निको भैसकेको बताइएको थियो । डा. भट्टराई जसपाको पदाधिकारी बैठकमा पनि अनुपस्थित छन्।