माओवादी केन्द्रले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

माओवादी केन्द्रले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा



काठमाडौं- नेकपा माओवादी केन्द्रले तत्काल राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई राजीनामा दिन आग्रह गरेको हो।

माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्नेबारे भने कुनै निर्णय गरिसकेको छैन।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताए।

सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रसंगमा उनले भने, ‘फैसलापछि आज हाम्रो पहिलो बैठक हो। यसबारे फेरि छलफल गर्छौंं।’