ओलीसँगको वार्तामा किन गएनन् झलनाथ खनाल ? - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

ओलीसँगको वार्तामा किन गएनन् झलनाथ खनाल ?



काठमाडौं – पार्टीमा तिब्र विवाद बढिरहेका बेला नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल सुरु भैरहेको छ ।

अध्यक्ष ओली र नेता नेपाल पक्षबीच कुराकानी भएपछि ओलीले बालुवाटारमा वार्ताका लागि नेपाललाई एक्लै बोलाएका थिए । तर नेपालले भने बालुवाटारमा वार्ता नगर्ने र एक्लाएक्लै पनि नबस्ने बताएपछि पार्टी कार्यालयमा अहिले वार्ता जारी छ ।

छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त लगायत सहभागी छन् ।

छलफलमा भने एमालेका दोस्रो बरियताका नेता झलनाथ खनाल उपस्थित छैनन् । खनालले आफूलाई नबोलाइएकोले नगएको बताएका छन् । ‘मलाई छलफलको लागि बोलाइएको छैन, त्यसैले मा नगएको ।’