वामदेव गौतमले बोलाए छुट्टै बैठक - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

वामदेव गौतमले बोलाए छुट्टै बैठक



काठमाडौं- पार्टी एकता अभियानका संयोजक तथा एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्नो छुट्टै बैठक डाकेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच छलफल हुन लागिरहेका बेला गौतमले छुट्टै बैठक डाकेका हुन् ।

गौतमले ओलीले गरेका निर्णय खारेज गरी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नै कायम गर्ने उद्घोषण यसअघि नै गरिसकेका छन्।

यसबीच वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरी पार्टीमा मिलेर सङ्घर्ष गर्ने र त्यसको नेतृत्व गौतमले गर्ने अनौपचारिक सहमति भैसकेको स्रोतले बताएको छ । पार्टीमा देखिएको तिक्ततावीच छुट्टै बैठक डाक्नुलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

गौतम निकट स्रोतका अनुसार ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेजलगायत एकलौटी निर्णय गरेको विरोधमा गौतमले बैठक बोलाएका हुन्।