प्रधानमन्त्री ओलीलाई डा. भट्टराईले मूर्ख र अहंकारी भेडा भनेपछि…. - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

प्रधानमन्त्री ओलीलाई डा. भट्टराईले मूर्ख र अहंकारी भेडा भनेपछि….



काठमाडौं-पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई मूर्ख र अहंकारी भेडाको संज्ञा दिँदै बाटो छाड्न आग्रह गरेका छन् ।

डा. भट्टराईले परिस्थिति बुझेर बेलैमा सत्ता छाड्न समेत ओलीलाई आग्रह गरेका छन्। अन्यथा ‘भीरबाट लड्ने गाई’ को अवस्था आउने चेतावनी पनि दिएका छन्।

उनले भनेका छन्, ‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे,’ डा. भट्टराई आइतबार राति सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो त?’

प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै उनले अगाडि लेखेका छन्, ‘अझै पनि समय छ, नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई…।’