माओवादी केन्द्रले बोलायो बैठक: निर्णय नगर्दा कार्यकर्ता अन्योलमा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

माओवादी केन्द्रले बोलायो बैठक: निर्णय नगर्दा कार्यकर्ता अन्योलमा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार स्थायी कमिटी बैठक बोलाएको छ । राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुलाई बिहान ९ बजे बैठकमा बोलाइएको छ ।

आज बस्ने बैठक अनौपचारिक भएको बताइएको छ भने बैठकमा सरकारलाई दिएको समर्थनबारे र केन्द्रीय कमिटीको बैठकको छलफल हुने बताइएको छ ।

सरकारबाट हात झिक्ने सन्दर्भमा माओवादी केन्द्र अन्योलमा छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेको निर्णय सर्वोच्चले उल्टाएपछि विकशित घटनाक्रम नियालिरहेको माओवादी केन्द्र पटक पटक बैठक बसेपनि यसबारे निर्णयमा पुग्न सकेको छैन ।

पुष्कमल दाहाल प्रचण्डले पनि शुक्रबार समर्थन फिर्तागर्नेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको बताएका थिए ।

उनले प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एमालेका नेता माधवकुमार नेपाल समूहसँग छलफल गरेर मात्रै सरकारलाई दिएको समर्थन फिर्ताबारे टुंगोमा पुग्ने बताएका थिए ।

आफैले अवैधानिक र असंवैधानिक भनेको सरकार छाड्नेबारे कुनै निर्णय लिन नसक्नाले कार्यकर्तामा भने अन्योल बढेको छ ।