ओली लक्षित योगेश भट्टराईको कडा टिप्पणी - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

ओली लक्षित योगेश भट्टराईको कडा टिप्पणी



काठमाडौँ- नेकपा (एमाले) माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले केपी ओलीलाई लक्षित गर्दै अतिवादको अन्त्य हुने बताएका छन् ।

अध्यक्ष केपी ओलीले शुक्रबार पार्टीमा व्यापक फेरबदल गरेपछि भट्टराईले उक्त कदमको सही र सशक्त ढंगले प्रतिवाद गरौं भन्दै ट्वीट गरेका हुन् । उनले नेता, कार्यकर्तालाई विचलित नहुन, धैर्यता र संयमता नगुमाउन पनि आग्रह गरेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षमात्रै सहभागी भएको शुक्रबारको केन्द्रीय कमिटी बैठकले एमालेका पदाधिकारीलाई खारेज गरेको र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । त्यस्तै एमाले विधानको ‘बाधा अड्काउ फुकाउ’ प्रयोग गरी ओलीले माओवादी केन्द्र छाडेका रामबहादुर थापा समूहलाई जिम्मेवारी समेत दिने निर्णय गरेको छ ।

ओलीको निर्णयपछि एमालेमा नेपाल पक्ष र उपाध्यक्ष वाम गौतम गौतम पक्ष रुष्ट बनेका छन् । नेपाल पक्षले स्थायी कमिटी बैठकसमेत डाकिसकेको छ । उपाध्यक्ष गौतमले भने केपीसँगको एकता समाप्त भएको विचार व्यक्त गरेका छन् ।