माधव नेपाल पक्षले बोलायो आकस्मिक बैठक
काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक डाकेर एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।
शुक्रबार नेपाल समूहलाई बैठकमा नै नबोलाई ओलीले पार्टीका विभिन्न पदाधिकारी, स्थायी कमिटी, प्रदेश कमिटी हेरफेर गरेका छन् । ओलीले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर आफ्नो पक्षका नेतालाई चयन गरेका छन् ।
नेपाल पक्षका एक नेताका अनुसार बानेश्वरस्थित अर्याल होटलमा स्थायी कमिटी बैठक बस्ने तयारी छ । उक्त बैठकले अध्यक्ष ओलीले गरेका पछिल्ला निर्णयविरुद्ध कसरी अघि बढ्ने धारणा तय गर्ने बताइएको छ ।
ओलीले एकलौटी पूर्वमाओवादीका २३ नेतालाई स्थायी कमिटी तथा केन्द्रीय कमिटीमा मनोनयन गरे, त्यस्तै पार्टीको प्रवक्ता प्रदीप ज्ञवालीलाई बनाए, पार्टीको महाधिवेशन आगामी मंसिर २ गते गर्ने, अध्यक्ष र महासचिवबाहेक पार्टी पदाधिकारी खारेज गर्ने जस्ता निर्णय ओलीले एकलौटी ढंगबाट गरेका छन् ।