ओलीको ठट्यौली: माधव नेपाल हराउनु भयो, केहि खबर छ की ? - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

ओलीको ठट्यौली: माधव नेपाल हराउनु भयो, केहि खबर छ की ?



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्टा गर्दै माधवकुमार नेपालमाथि व्यंग्य गरेका थिए ।

शुक्रबार नेपाल पक्षलाई सुइँको सम्म नदिएर आफ्नो विपक्षमा लाग्ने सबैलाई कारबाही गर्दै ओलीले माधव नेपाल बाटैमा हराएको बताएका थिए ।

सो बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका नेताहरु माओवादी कार्यालय पेरिसडाँडाबाट हिडेर बाटैमा हराएको बताएका थिए । ओलीले पेरिसडाँडाबाट बानेश्वरको अर्याल होटलसम्म आएको थाहा पाएको तर त्यहाँबाट कता लागे भन्ने अत्तोपत्तो नभएको भन्दै व्यंग्य गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा केही समयको अन्तरमा केन्द्रीय कमिटीका दुईटा बैठक आयोजना गर्दै पार्टीको बिधान नै संसोधन गरी नेताहरूका जिम्मेवारी समेत हेरफेर गरेका छन् ।

बैठकमा उनले भने, ‘पेरिसडाँडाबाट हिडेका साथीहरु अर्याल होटलसम्म आएको जानकारी थियो। त्यहाँबाट हराउनु भयो। कहाँ आइपुग्नु भएछ? केहि खबर छकी महासचिवज्यु?’

नेकपा विघटन भएपछि नेपाल पक्षले बानेश्वरस्थित अर्याल होटेलमा भेला गर्ने गरेको छ। बैठकले केन्द्रीय कमिटीको सदस्य थप्ने, पदाधिकारीहरु हटाउने, जिम्मेवारी हेरफेर गर्ने सहितको निर्णय गरेको थियो।