अष्टलक्ष्मीलाई हटाएर ओलीले दिए बादललाई जिम्मेवारी - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

अष्टलक्ष्मीलाई हटाएर ओलीले दिए बादललाई जिम्मेवारी



काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् ।

शुक्रबार माधव नेपाल समुहलाई जानकारी नै नगराई ओली पक्षले बैठक बोलाएर अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय अध्यक्ष केपी शर्मा ओलीले सुनाएका थिए ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोधमा उत्रिएकी शाक्यलाई हटाएर ओलीले पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिएका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म दसौं महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।