माओवादीबाट ओलीतर्फ आएका २३ जना केन्द्रीय सदस्यमा मनोनित - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

माओवादीबाट ओलीतर्फ आएका २३ जना केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले माओवादी केन्द्रबाट ओलीतर्फ आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

आज बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले पूर्व माओवादी पक्षका २३ जनालाई केन्द्रीय समितिमा नियुक्त गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए।

‘बादलजी लगायतका २३ जना नेताहरु हामीतिरै रहने भन्नुभयो अनि उहाँहरुलाई एमालेमा आज नियुक्त गरिएको छ’, नेम्वाङले भने।

ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए।