प्रचण्ड बुटवल जाँदै - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

प्रचण्ड बुटवल जाँदै



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदै छन्।

दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि ‘प्रचण्ड’ बुटवल जान लागेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

बुटवलमा दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि प्रचण्डले बुटवलमा एक होटलमा हुने कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्नेछन्।

पछिल्लो विकसित राजनैतिक अवस्थाका बारेमा विभिन्न दलका नेतासँग भेटवार्ता गर्दै आएका प्रचण्डले आज पनि बुटवलको कार्यक्रमपछि अनौपचारिक छलफलहरु जारी राख्ने उनको सचिवालयले जनाएको छ।