के प्रचण्ड ‘हारेको जुवाडे’ हुन् ?
काठमाडौं- लेखक खगेन्द्र संग्रौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कडा टिप्पणी गरेका छन् ।
बिहीबार बिहानै संग्रौलाले सामाजिक सञ्जामार्फत टिप्पणी गरेका हुन् । प्रचण्डलाई ‘होरको जुवाडे’ को संज्ञा दिँदै उनले पार्टी, आदर्श र एजेन्डा ओली सरका चरणमा अर्पण गरेको बताएका छन् ।
आफ्नो पार्टी, आदर्श र एजेन्डालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा अर्पण गरेर प्रचण्डले आफ्ना नेताहरू ओली सरका तबेलामा छाडेर हारेको जुवाडेझैँ हतास भएर पाखा लागेको उनले बताएका छन् ।
उनले लेखेका छन्, ‘दाहाल सरले पार्टी, आदर्श र एजेन्डा ओली सरका चरणमा अर्पण गर्दा दस वर्ष प्रधानमन्त्री भएर अमरत्व प्राप्त गर्ने सपना देखेका थिए, अहिले आफ्नो महलका बादल, लेखराज, टोपे, मणि, प्रभु र गौरीशंकरलाई ओली सरका तबेलामा छाडेर हारेको जुवाडेझैँ हतास भएर पाखा लागे। कठै, पिँधबिनाका लोटाको दुःख !’