एमालेको सचिवालय बैठक स्थगित - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

एमालेको सचिवालय बैठक स्थगित



काठमाडौं- नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बोलाइएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले आज ४ बजेका लागि सचिवालय बैठक बोलाएका थिए । सर्वोच्चको फैसलापछि एमालेमा फर्कने निर्णय गरेसँगै थप तयारी नपुगेको भन्दै बैठक स्थगन गरिएको जनाएको छ ।

ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन् ।