धुम्बाराहीमा राखियो एमालेको नाम र साइनबोर्ड - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

धुम्बाराहीमा राखियो एमालेको नाम र साइनबोर्ड



काठमाडौं- धुम्बाराहीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको छ ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतालाई पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको हो ।

एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै भएका छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।

‘सर्वोच्चको आदेश कार्यान्वयनका लागि हामीले पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरेका हौं, उनले भने, ‘जिल्लास्तरमा पनि एमालेको कार्यालयका भएको भवन एमाले कार्यालय रहन्छ ।’

उनले जिल्लामा अहिले नै कार्यालयको नाम परिवर्तन गर्न निर्देशन नदिएको भन्दै तर सर्वोच्चको फैसलापछि जिल्लास्थित पहिलेको एमाले कार्यालयमा धमाधम साइनबोर्ड फेरिन थालेको बताए ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो ।

तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।