माधव नेपाल समूह एमालेमै फर्कने - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

माधव नेपाल समूह एमालेमै फर्कने



काठमाडाैं- पछिल्लो राजनीतिक घटनाक्रमले सत्तारुढ दलमा रहेका केहि नेताहरूलाई संकटको मुखमा धकेलेको छ । प्रधानमन्त्री केपेव शर्मा ओलीसँग सम्बन्धबिच्छेद गरेर अलग पार्टीको रूपमा अगाडी बढेका माधव कुमार नेपाल र झलनाथ खनाल चरम अफ्ठ्यारोमा परेका छन् ।

सर्वोच्च अदालतको एउटा फैसलाले राजनीतिक कोर्श नै बदलिदिएको छ । यसको कारण सबैभन्दा अफ्ठ्यारोमा माधव नेपाल समूह नै परेको छ । अबको रणनीति र सर्वोच्चको फैसलामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न अहिले उनीहरूको प्रचण्ड-नेपाल समुहको बैठक पेरिसडाँडामा बसिरहेको छ । तत्कालीन एमाले र माओवादीको एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधता नदिएपछि अप्ठेरोमा परेको माधवकुमार नेपाल समूह अब पूर्ववत एमालेमै फर्कन बाध्य भएको छ ।

सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा आइतबार फैसला गर्दै साविककै एमाले र माओवादी पार्टी कायम रहने निर्णय सुनाएको थियो। सर्वोच्चको फैसलाबारे छलफल गर्न प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ।

अब एमालेमा नफर्कने हो भने माधव नेपाल समूहलाई प्रधानमन्त्री ओली समुहले कारबाही गर्ने अवस्था छ । एमाले नै ब्युँतिदा ओली पक्षमा बहुमत पुग्छ ।

सर्वोच्चको फैसलापछि केही नेताहरूले नेता नेपाललाई एमालेमै फर्केर ओलीसँग संघर्ष गर्नुपर्ने दवाव दिएका छन् । केहि नेताहरूले नेता नेपाललाई भेटेर भनेका थिए, ‘पार्टी नै छाडेर अन्यत्र जान सकिन्न, अब एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्नुको विकल्प छैन।’

पेरिसडाँडामा आजको यो बैठक प्रचण्ड-माधव समूहको अन्तिम बैठक हुनसक्ने बताइएको छ । माओवादी नेताहरूले समेत उनीहरू आफ्नो स्थानमा नफर्के ओली पक्षले कारबाही गर्ने निस्चित भएको बताउँछन् ।

ओली पक्षधरले पूर्ववर्ती एमाले पार्टी ब्युँताउने गतिविधि अघि बढाइसकेका छन्। ओली साविकको एमालेका अध्यक्ष थिए भने नेपाल वरिष्ठ नेता थिए। यो अवस्थामा माओवादी पार्टी पनि ब्युँतिएमा प्रचण्ड नै अध्यक्ष रहनेछन्।