सभामुखको व्यवहारले प्रधानमन्त्री आजित बनेपछि…
काठमाडौं- सर्वोच्चको आदेश अनुसार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटाका पछिल्ला व्यवहारबाट आजित भएको बताएका छन् ।
आकस्मिक रूपमा डाकिएको पार्टीको संसदीय दलको बैठकमा ओली सभामुखप्रति आक्रोशित बनेका छन् ।
प्रधानमन्त्री ओलीले समूहको संसदीय दलको बैठकमा सम्बोधन गर्दै सभामुखप्रति आक्रोशित मुद्रामा यस्तो बताएको एक नेताले बताए ।
“हतास मानसिकतामा रहेर सभामुखले कसरी संसद् चलाउन सक्लान् ? म सिकाउँछु अब उहाँलाई संसद् चलाउन तर यस्तो स्थिति नल्याउन उहाँ आफैँले स्वीकार गरेर अघि बढ्नुपर्छ,” ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।