अब कांग्रेस दोस्रो र माओवादी तेस्रो दल: कसका कति सांसद ? - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

अब कांग्रेस दोस्रो र माओवादी तेस्रो दल: कसका कति सांसद ?



काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अस्तित्वमा रहेको आदेश दिएपछि संघीय संसद्मा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल भएका छन्।

२७५ सदस्यीय संघीय संसद्मा प्रतिनिधिसभामा एमालेको १२० सिट छ। प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट जितेको एमालेका सांसद सानु शिवाको निधन भएको छ।

कांग्रेसका ६१ सांसद छन्। चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० सिट जितेको थियो। विजय गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा छन्।

५३ सिट जितेको माओवादी केन्द्रका प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट छ।

जनता समाजवादी पार्टीमा अहिले ३४ सांसद छन्। जनता समाजवादीका हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने रेशम चौधरी जेलमा छन्।

राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १–१ सांसद छन्। एक जना स्वतन्त्र सांसद छन्।