ओलीले डाके दलको आकस्मिक बैठक
काठमाडौं- सर्वोच्चले नेकपाको एकता नै बदर हुनेगरी फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि ओलीले दलको बैठक बोलाएका हुन् । अहिले संसद् बैठकलगत्तै ओलीले संसदीय दलको बैठक बोलाएको उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
उनका अनुसार नेकपाका सबै सांसदहरुलाई बालुवाटारमा बोलाइएको छ । दलको बैठक बालुवाटारमा बोलाइएको छ ।
सर्वोच्च अदालतले आइतबार गरेको फैसलाअनुसार नेकपा खारेज हुनेछ भने अब एमाले र माओवादी पार्टी कायम रहनेछ ।