संसद् भवनबाट एकाएक बाहिरिए प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

संसद् भवनबाट एकाएक बाहिरिए प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन्। सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दिएपछि समयमै संसद बैठक सुरु हुन नसक्दा ओली बैठकस्थलबाट बाहिरिएका हुन्।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र सर्वोच्च‍ अदालतले पुन:स्थापित गरेपछि पहिलोपटक संसद् बैठक बस्न लागेको हो। ओलीले गरेको संसद् विघटन सर्वोच्चले बदर गरेपछि आज बैठक बस्दैछ।

बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्ने, सरकारले ल्याएको विभिन्न अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ।

४ बजेको लागि बोलाइएको बैठक ५ बज्दासमेत सुरु हुन सकेको छैन।