सर्वोच्चको फैसला बेठीक समयको न्याय: देव गुरुङ
काठमाडौँ- नेकपा दाहाल–नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–दाहाल नेतृत्वको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठीक टाइम’को न्यायको संज्ञा दिएका छन् ।
संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई प्रारम्भीक प्रतिक्रिया दिदैं नेता गुरुङ्गले ‘बेठीक टाइम’मा न्याय दिने काम भएको बताए ।
उनले अदालतको फैसलाले दलको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने बताए । उनले फैसलासंगै पूर्वनेकपा एमाले र पूर्वनेकपा माओवादी केन्द्रलाई व्यूँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । पार्टी एकीकरणपछि ३ वर्षमा धेरै कामहरू भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने उनले उल्लेख गरे ।
उनले भने, ‘जुन परिस्थितिमा फैसला गरेको छ । यसले नेकपाको निर्वाचन आयोगको बहसका सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ । अहिले चाहि उपयुक्त समय हो भन्ने देखिदैन । न्याय इनटाईममा दिनुपथ्र्यो । बेठिक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साईड इफेक्टहरू के कस्तो पार्छ हेरेर मात्रै प्रतिक्रिया दिउँला । नामको बारेमा मात्रै गरेको हो । ३ वर्षमा धेरै काम भएको छ ।’
उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभए पनि यसले विभिन्न ठाउँमा साईड इफेक्ट पार्ने बताए।