सर्वोच्चको फैसलाप्रति प्रचण्ड असन्तुष्ट - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

सर्वोच्चको फैसलाप्रति प्रचण्ड असन्तुष्ट



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्चको फैसलाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

प्रचण्डले ऋषि कट्टेल नेतृत्वका नेकपालाई आधिकारिता दिने फैसलालाई आफ्नो अपेक्षाविपरीत आएको बताएका छन्।

सर्वोच्चको फैसलापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘अपेक्षा गरेभन्दा फरक आएको लागेको छ, सबै विवरण हेरेपछि मात्र भन्न सकिन्छ।’

उनले फैसलालाई राम्रोसँग अध्ययन नगरी टिप्पणी गर्ने बेला नभएको बताए।