माधव नेपाल र बादल लगायतका नेताहरू संकटमा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

माधव नेपाल र बादल लगायतका नेताहरू संकटमा



काठमाडौं । सर्वोच्च अदालतले ओली-प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम नै खारेज गरेपछि नेपाली राजनीति थप जटिल मोडमा फसेको छ । नेकपाको आधिकारिक विवादमा ऋषि कट्टेललाई सर्वोच्च अदालतले मुद्दा जिताएपछि नेकपा विवाद थप पेचिलो बनेको हो ।

निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

सर्वोच्च अदालतको यो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग दल भएको र पूर्ववत रूपमा फर्किएका छन् । यससंगै संसदमा नेतृत्व गरेको पार्टी र नेताबारे अन्योलता बढेको छ।

यसले माधव र प्रचण्ड पक्षलाई असर गर्ने देखिन्छ । यो फैसलाअनुसार माधव नेपाल एमालेतिर जानुपर्छ । ओलीले बहुमतको आडमा निर्णय गरेमा माधव नेपालको पद धरापमा पर्न सक्छ । पार्टीबाट निकालेमा संसद्को पद जान्छ । बचाउको लागि निर्वाचन आयोगको अर्को निर्णय नआउँदै ४० प्रतिशत लिएर फुट्न सक्ने बाटो भने कायमै रहेको छ ।

नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेसहित २५ निर्वाचित सांसद अहिले दाहाल–नेपाल समूहमा छन् । बादलको हकमा पनि पार्टीको निर्णय सोहीअनुसार लागु हुने देखिएको छ ।

पूर्वएमालेबाट निर्वाचित २५ सांसद अहिले दाहाल–नेपाल समूहमा लागेका छन् भने पूर्वमाओवादीबाट निर्वाचित ४ सांसद केपी शर्मा ओलीतिर लागेका छन् ।

यस्तोमा अर्को पक्षमा लागेका सांसदहरूलाई पार्टीले कारबाही गर्न सक्छ । एमाले र माओवादी केन्द्रले फरक गुटमा लागेका सांसदहरूलाई कारबाही गरेको खण्डमा माधव नेपाल र उनीसंग लागेका सांसद अफ्ठ्यारोमा पर्नेछन। त्यस्तै माओवादीले कारबाही गर्दा अहिले प्ली पक्षमा लागेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका सांसदहरू अफ्ठ्यारोमा पर्नेछन ।