विष्णु पौडेल रबैयाप्रति बालकृष्ण खाणको आपत्ति
काठमाडौं- नेकपा ओली समुहका नेता तथा अर्थमन्त्री विष्णु पौडेलको पछिल्लो रबैयाप्रति नेपाली कांग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले आपत्ति जनाएका छन् ।
खाणले जनताको सहमति विपरित मोतीपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । स्थानीय अवरोधकाबीच रुपन्देही २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।
बुटवल उपमहानगरपालिका स्थित वडा न १७ १८ मोतीपुर शुद्धोधन गाउपालिका वडा न ३ र सियारी गाउँपालिका वडा न ७ मा लामो समयदेखि बसोवास गर्दै आएका किसानहरुलाई लालपुर्जा दिनुपर्नेमा ठाँउमा जवरजस्ती शिलान्यास गरिएको उनले बताए ।
जिल्लाको बुटवल उपमहानगरपालिकामा औद्योगिक करिडोर निर्माण गर्ने चाहना वुटवलवासी सबैको नै हो । बुटवल उपमहानगरपालिका स्थित वडा न १७ १८ मोतीपुर शुद्धोधन गाउपालिका वडा न ३ र सियारी गाउँपालिका वडा न ७ मा लामो समयदेखि बसोवास गर्दै आएका किसानहरुलाई लालपुर्जा दिनुपर्नेमा ठाँउमा जवरजस्ती त्यहाँका जनताको सहमति विपरित मोतीपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्य प्रति गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मोतिपुरका जनताको मागको उचित सम्वोधन नगरी जवरजस्ती ढङ्गले जनतालाई वल प्रयोग गरी धम्काएर र चित्त दुखाएर गरिएको विकासको औचित्य नहुने खाणले बताए । यस कुरामा जिम्मेवारी रुपमा गम्भीर बन्न सरकारलाई उनको आग्रह छ ।
मोतिपुरका जनताको विमति हुँदाहुँदै नेपाल सरकारका अर्थ मन्त्री विष्णु पौडेलले सुरक्षाबलको आडमा जवरजस्ती ढङ्गले दमन गरेर शिलान्यास गर्दा झडपमा परि घाइते भएको खाणले बताए ।
उनले घाइते स्थानीयवासी र सुरक्षाकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । खाणले मोतिपुरका जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराए ।
मोतिपुरका जनताको उचित व्यवस्थापन र मागलाई सम्वोधन गरी विकास कार्य अगाडी बढाउन सरकारसँग उनको माग छ ।