नेकपा विवादको टुंगो लगाउने निर्वाचन आयोगको अन्तिम तयारी - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

नेकपा विवादको टुंगो लगाउने निर्वाचन आयोगको अन्तिम तयारी



काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको टुंगो लगाउने अन्तिम तयारी गरेको छ ।आयोगले नेकपा विवादको टुंगो लगाउने तयारी भएकी र आइतबार घोषणा गर्ने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने बताए हुन्।

शुक्रबार आयोग पुगेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेताहरुसँगको भेटमा प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएको एक नेताले बताए ।

शुक्रबार नेताहरू राजेन्द्र पाण्डे, लीलामणि पोखरेल, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल नेकपाको आधिकारिकता, नाम र चुनाव चिन्हको विषयमा निर्णय दिन भएको ढिलाइबारे ताकेता पत्र लिएर आयोग पुगेका थिए।

प्रचण्ड–नेपाल पक्षले माघ २० गते आयोगमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै आधिकारिता आफूहरुले पाउनुपर्ने दावी गरेको थियो।