सरकारलाई कांग्रेसको प्रश्न: विप्लवसंग सहमतिको चौथो बुँदा खोई ? - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

सरकारलाई कांग्रेसको प्रश्न: विप्लवसंग सहमतिको चौथो बुँदा खोई ?



काठमाडौं- सरकार र बिद्रोही नेकपाबीच भएको सहमतिलाई लिएर प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर प्रश्न गरेको छ । सरकारले सहमति लुकाएको आशंका गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चौथो सहमतिको बुँदा खोइ भन्दै प्रश्न गरेका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै उक्त प्रश्न गरेका हुन् । उनले प्रचण्ड शान्ति प्रक्रियामा आएपछि हतियार खोलाले बगायो भनेको प्रसङ्ग उल्लेख गर्दै विप्लवले सबै हतियार बुझाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् ।

नेता शर्माले सहमतिको चौथो बुँदा खोई भन्दै आशंका ब्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार,
विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ प्रधानमन्त्री केपी ओली ज्यु
?’
सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !! ।’