बास्तोलालाई ओलीको व्यंग्य: थोरै समय जेल बस्न पाए पो…
काठमाडौँ : प्रधानमन्त्ती केपी शर्मा ओलीले विप्लवका नेता धर्मेन्द्र बास्तोलालाइ जेलबाट छुटेकोमा बधाई दिएका छन् । उनले बास्तोलाको नाम उच्चारण गर्दै व्यंग्य गरे ।
शुक्रबार सरकार र प्रतिबन्धित नेकपाबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमतिमा हस्ताक्षरपछि सम्बोधन गर्दै ओलीले बास्तोलालाई थोरै समय जेल बसेको विषयलाई लिएर व्यंग्य गरे ।
‘धर्मेन्द्र जी भर्खरै छुत्नुभेको छ, बधाई छ यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो,’ उनले भने, ‘ आफू त १४ वर्ष जेल बस्नु पर्यो ।’
‘यति छिटो जेलबाट छुटेर आउनुभएको छ। त्यसका लागि धन्यवाद,’ ओलीले भने, ‘हाम्रो पालामा त १४ बर्षसम्म बस्न पर्थ्यो।’
ओलीले यसो भनिरहँदा धर्मेन्द्र भने मुसुमुसु हासिरहे।