हामी बिद्रोही पनि हौँ, शान्तीका दुत पनि हौँ: विप्लव - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

हामी बिद्रोही पनि हौँ, शान्तीका दुत पनि हौँ: विप्लव



काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफूहरुले विद्रोह मात्रै नभएर शान्तिको दूत पनि भएको बताएका छन् । सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षरपछि बोल्दै चन्दले यस्तो बताएका हुन् ।

‘डेढ सय भन्दा बढी कमरेड जेलमा हुनुहुन्छ । केही कमरेड छुटिरहनुभएको छ । नेकपा र सरकारले आफ्नो जिम्मेवारी गरेको महसुस भएको छ,’ उनले भने, ‘समाजमा धेरै थरी मान्छे छन् । एकथरी शोषक छन्, उर्को उत्पीडनमा छन् । केही थरी मान्छे बोल्न सक्दैनन् । आफ्नो देशमाथि हस्तक्षेप गरेको विषयमा कम्युनिष्टहरू विद्रोह गर्छन् । हामी विद्रोह गरेर आएका हौँ । हामी विद्रोह गर्छौं । हामी विद्रोह मात्रै गर्दैनौँ, शान्तीका दूत पनि छौँ ।’