विप्लव सिधै प्रधानमन्त्री भेट्न बालुवाटारमा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

विप्लव सिधै प्रधानमन्त्री भेट्न बालुवाटारमा



काठमाडौं- दुई वर्षपछि आजमात्रै सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको पहिलो भेट प्रधानमन्त्री केपी शर्मा ओलीसंग हुने भएको छ । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि एउटै कार्यक्रममा देखिनु अगाडी प्रधानमन्त्री ओलीसंग भेट्ने भएका हुन् ।

सरकारले प्रतिबन्ध लागाएपछि दुई वर्षदेखि भूमिगत रहेका विप्लव शान्तिपूर्ण राजनीतिमा आउन लागेका हुन् । राष्ट्रियसभाबाट सार्वजनिक हुने भनिएका विप्लव प्रधानमन्त्रीसँग भेट्न बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्री ओली र विप्लव राष्ट्रियसभागृहमा एउटै मञ्चबाट सम्बोधन गर्ने र सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।

विप्लव काठमाडौं आएपछि सीधै प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ । बालुवाटारमा दुई नेताबीच राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।