भारतबाट फर्केलगत्तै बाबुराम भट्टराई अस्वस्थ: अस्पताल भर्ना गरियो - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

भारतबाट फर्केलगत्तै बाबुराम भट्टराई अस्वस्थ: अस्पताल भर्ना गरियो



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतबाट फर्केलगत्तै अस्वस्थ बनेका छन् ।

भारतबाट फर्केलगत्तै बुधबार कोरोना खोप लगाएपछि डा. भट्टराईलाई ज्वरो आएपछि उनी शिक्षण अस्पताल भर्ना भएका छन्।

त्यसपछि डाक्टरको सल्लाहमै उनी अस्पताल भर्ना भएको बताइएको छ । भट्टराईको अहिले स्वास्थ्य अवस्था नर्मल नै रहेका डाक्टरहरुले बताएका छन् ।

पेटको समस्या भएपछि उनले लामो समयदेखि नेपालमै उपचार गरेका डा. भट्टराई यहाँका चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गर्दै थप उपचारका लागि नयाँदिल्ली जान सल्लाह दिएका थिए।

सोहीबमोजिम डा. भट्टराई केही दिनअघि नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा भर्ना भएका थिए।