सङ्क्रमित युवतीसँग थिए ४८ जिल्लाका यात्रु: केहि सम्पर्कमै आएनन - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

सङ्क्रमित युवतीसँग थिए ४८ जिल्लाका यात्रु: केहि सम्पर्कमै आएनन



काठमाडौं- कोरोना सङ्क्रमण देखिएकी युवतीसँग नेपालका ४८ जिल्लाका यात्रुहरू आएको खुलेको छ ।

बागलुङकी १९ वर्षकी युवतीलाई कोरोना संक्रमण देखिएपछि उनीसंगै आउनेहरूको कन्ट्रयाक ट्रेस गर्दा यस्तो पत्ता लागेको हो । बागलुङकी ति युवतीबेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी थिइन् ।

उनलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीले सँगै आएकाहरुको खोजी थालेको हो ।

कतार एरवेजमा युवतीसँगै १५८ जना आएको र जसमध्ये १३४ जना प्रहरी सम्पर्कमा आइसकेका र उनीहरू आइसोलेसनमा बसेको बताइएको छ ।

सम्पर्कमा नआएका २४ जनाको खोजीमा प्रहरी सक्रिय छ । संक्रमित युवतीको अवस्था भने सामान्य रहेको शनिबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले जनाएको थियो । नेपालमा हालसम्म पाँचजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सह–प्रवक्ता जोशीका अनुसार काठमाडौंलगायत विभिन्न जिल्लामा विदेशबाट आएकाहरुको विवरण संकलनमा समेत प्रहरी सक्रिय छ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउनको अवधि लब्म्याएको छ । यसअवधिमा देशभर २८ हजार प्रहरी परिचालन गरिएको उनले बताए ।