न्युजिल्याण्डमा ७.८ रेक्टर स्केलको भूकम्प - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

न्युजिल्याण्डमा ७.८ रेक्टर स्केलको भूकम्प



 

कात्तिक २९ –

 

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । न्युजिल्याण्डको दक्षिणी आइल्याण्ड केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

क्राइष्टर्चचको उत्तरपूर्वी क्षेत्र भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी वेलिङटनसहित क्षेत्रमा पनि महसुस गरिएको थियो । भूकम्पमा परि अहिलेसम्म दुईजनाको ज्यान गएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिका बारेमा अहिलेसम्म विस्तृत जानकारी नआएको प्रधानमन्त्री जोन कीले बताउनुभएको छ । भूकम्प गएको दुई घण्टापछि सुनामी आएको छ । भूकम्पपछि पाँच मिटर अग्लो सुनामीको छाल आउन सक्ने चेतावनी दिइएको थियो ।

तर साढे दुई मिटर अग्लो सुनामी छाल आएको छ । भूकम्पका कारण प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्धार तथा राहत साम्रगी लगिएको छ ।

यसअघि सन् २०११ मा क्राइष्टर्चचमा गएको भूकम्पमा परि एक सय ८५ जनाको ज्यान गएको थियो । भूकम्पका कारण भवन भत्किएका छन् भने बाटो चिरा परेको छ । मानिसहरु खुला चौरमा बसेका छन् ।