गुल्मीमा पहिलो पटक ‘होमस्टे महोत्सव’ हुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गुल्मीमा पहिलो पटक ‘होमस्टे महोत्सव’ हुने



गुल्मी: गुल्मीमा पहिलो पटक ‘होमस्टे महोत्सव’ हुने भएको छ । मुसिकोट नगरपालिका ६ कुर्घाको स्वाँरामा रहेको गुरुङ्ग समुदायको आयोजनामा पौष १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचार प्रसार गर्ने उद्देश्यले प्रथम होमस्टे महोत्सव गर्न लागिएको कुल बहादुर गुरुङ्गले जानकारी दिए ।

महोत्सवमा गुरुङ्ग समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत साँस्कृतिक झलकहरु, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती तथा खेलकुद लगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने गुरुङ्गले बताए ।

२०६८ सालदेखि स्वाँरा ‘होमस्टे’ सञ्चालन गरिएको भएपनि होमस्टेको उचित प्रचार प्रसार तथा यातायातको भरपर्दो व्यवस्था नहुँदा स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउनेको संख्या कम हुँदै गएको छ । गुरुङ्ग समुदायद्धारा सञ्चालन गरिएको स्वाँरा होमस्टेलाई ओझेलमा पर्न नदिई होमस्टेको प्रचार प्रसारका लागि महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।

मौलिक सँस्ृकृतिसँगै अर्गानिक खानाहरु पनि उक्त ‘होमस्टे’ खान पाइन्छ । गुरुङ्ग समुदायको ठुलो बक्तिरहेको उक्त स्थानमा उनिहरुको भेषभुसासँगै कला सँस्कृतिको संरक्षण गर्नको लागी होमस्टे सञ्चालनमा आएको थियो ।
सञ्चालनमा आएको धेरै समय भएपनि प्रचार प्रसारको अभावले अन्तरिक तथा बाहय पर्यटकहरु पुग्न नसकेको स्थानिय व्यवसायी ज्ञानहरी सापकोटाले बताए । स्थानिय स्तरबाट केहि कार्यक्रमहरु हुँदै आएपनि त्यसले कुनै प्रभावकारीता नभएपछी महोत्सव गरेरै यसको प्रचार प्रसार गर्न लागिएको सापकोटाको भनाई रहेको छ ।

उक्त स्थानमा गुरुङ्ग समुदायद्धारा २७ घर रहेका छन् । होमस्टेको संरक्षणको लागी नेपाल पर्यटन वोर्डले ५ घरलाई सोलार सहयोग गरेको छ । गुल्मी उद्योयग वाणिज्यस संघले उक्त समुदाययलाई खानाका बिभिन्न परिकार पकाउनको लागी तालिकको समेत व्यबस्था गरेको सापकोटाले बताए ।

वाणिज्य संघले बिभिन्न स्थानमा रहेका होमस्टेहरुमा समेत भ्रमण गराएको थियो । उक्त होमस्टेमा आन्तरिक पर्यटक बाहेक, रसियन पर्यटकहरु मात्र पुगेको सापकोटाको भनाई रहेको छ ।