डिभी चिठ्ठा बन्द हुने लक्षण, बिधेयक पेश ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डिभी चिठ्ठा बन्द हुने लक्षण, बिधेयक पेश !



 

हिमालपोष्ट/काठमाडौं, २८ माघ

हालै अमेरिकी संसदमा डिभी चिठ्ठा बन्द गर्ने विधेयक पेश गरिएको छ । यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् । यो बिधेयक ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले प्रस्ताव गरेका हुन् ।

टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा संगै पारिवारिक कोटामा कटौती गरिने उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि एक अन्तर्वार्ताका क्रममा ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए ।

डिभी चिठ्ठा कार्यक्रम अन्तर्गर्त हरेक वर्ष ५० हजार अमेरिका जाने गरेका थिए । यस्तै पारिवारिक कोटामा अमेरिकामा गि्रनकार्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन् ।

हृवाइट हाउसका प्रवक्ताले भने यो विषय तत्काल कुनै प्रतिक्रिया दिन मानेनन् । यसबारे सदनमा छलफल भएपछि मात्र बोल्ने उनले बताएका छन् ।
यो विधेयक राष्ट्रपति ट्रम्पकै नीति अनुसार आएको मानिएको छ । विधेयक दर्तापछि टोम कटनले आप्रवासीको संख्या घटाउँदा अमेरिकीले फाइदा लिनसक्ने बताए ।

टोम कटनको भनाइ अनुसार यो विधेयक यसै वर्ष मतदानमा लगिने बताइएको छ।