यमाहाको दुई सय ५० सिसिको फेजर बजारमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यमाहाको दुई सय ५० सिसिको फेजर बजारमा



लोकेन्द्र रावल / टीकापुर ।

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बजारमा नयां मोडलको मोटरसाइकल तथा स्कुटर बजारमा ल्याएको छ । यमाहाले फेजर दुई सय ५० सिसीको नयां मोडलको मोटरसाइकल र स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा बजारमा ल्याएको हो । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध गराएको छ ।

टीकापुरस्थित जानकी ट्रेडर्स एण्ड सप्लायर्समा पनि फेजर दुई सय ५० सिसिको मोटर साइकल र स्टाइलिस स्कुटर फेसिनो उपलब्ध रहेको छ ।

जानकी ट्रेडर्स एण्ड सप्लायर्स टीकापुरका प्रोपराइटर अनिल रावलले फेजर दुई सय सिसिको मोटर साइकल हेर्नमा राम्रो देखिने, युवाहरको लागि उपयुक्त भएको बताउनुभयो । उहाँले फेजर मोटरसाइकल लामो वा छोटो दुरीमा आरामदायीसंग चलाउन सकिने, यसले माइलेज पनि राम्रो दिने बताउनुभयो । यो मोटरसाइकलमा डब्बल डिस रहेको र डिजिटल मिटर, डिआर एल (लाइटिङ), सजिलै स्टार्ट हुने पनि रावलले बताउनुभयो । यसको मूल्य तीन लाख ९४ हजार ९ सय रहेको छ ।

यस्तै स्टाइलिस स्कुटर फेसिनो ग्ल्यामरस गोल्ड कलरमा आएको पनि बताउनुभयो । उहाँले नयाँ कलरका माडेलमा अघिल्ला मोडेलमा झैं एयर(कुल्ड, ४ स्ट्रोक, ११३ सीसी को ‘ब्लु कोर’ इन्जिन रहेको छ । यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको छ । नयाँ मोडेलको फ्रन्ट फेसियामा स्टाइलिस र डाइनामिक कर्भ र बडीमा स्टाइलिस ग्राफिक्स प्रयोग गरिएको छ । साथै, सिट कभर डुअल टोन कलरको छ जसले आराम र गुणस्तरलाई झल्काउँछ । यसमा प्रयोग गरिएको ब्लुकोर इन्जिनले गर्दा इन्धन खपत समान रहन्छ र यसको सीधा प्रभाव माइलेजमा पर्छ । एक सय तीन किलोग्राम वजन भएको स्कुटर चलाउनलाई आरामदायी समेत रहेको बताउनुभयो । यसको मूल्य एक लाख ९५ हजार ९ सय रहेको रावलले बताउनुभयो ।

यसैगरि रावलले यमाहा कम्पनी १० वर्ष पुरा भएको भन्दै डब्बल डिस ब्रेकमा अरमानि निलो रंगमा १५० सिसिको एफएजेड एफआई पनि बजारमा ल्याएको छ । यो मोटर साईकल युवाहरुको माग अनुसार निकालिएको पनि बताउनुभयो ।