२०७५ असार ५, मङ्लबार

स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

May 30, 2018
58 Views
Spread the love
  • 6
    Shares

बुटवल। सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ ।

संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने गरेकाले सम्बन्धित स्थानीय तहमा तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले यस्तो योजना ल्याएको उनले स्पष्ट गरे ।  अहिले केन्द्रबाट सरुवा भएर गएका कर्मचारीले तलब केन्द्रबाट तलब लिने गरेका छन् ।

‘‘तलब संघबाट र काम स्थानीय तहमा हुने भएकोले धेरै कर्मचारी अझै जान मानेका छैनन्’’, उनले भने  ‘‘त्यसैले जहाँ खटिएका छन् त्यहीँ तलब पठाउने हो भने कर्मचारी तलबका लागि भए पनि स्थानीय तहमा जान्छन् । ’’

उहाँका अनुसार आउँदो आर्थिक वर्षदेखि स्थानीय तहमा दरबन्दीअनुसार करीब ५७ हजार कर्मचारीको तलब सम्बन्धित स्थानीय तहमा पठाइने छ ।

Facebook Comments
  • 6
    Shares

You may be interested

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल

himal post - २०७५, ५ असार १०:५६

काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग…

चार नाम भएका पेले र रोचक कथा
खेलकुद
0 shares14 views
खेलकुद
0 shares14 views

चार नाम भएका पेले र रोचक कथा

himal post - २०७५, ५ असार १०:४९

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा…

अझै मुक्त भएनन् कमलरी
पत्रपत्रिका
0 shares10 views
पत्रपत्रिका
0 shares10 views

अझै मुक्त भएनन् कमलरी

विशाल पाण्डेय - २०७५, ५ असार १०:०३

कान्तिपुर : धनगढी ,कैैैलाली । सरकारले कमलरी प्रथा उन्मूलन घोषणा गरे पनि कैलालीमा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । एक सर्वेक्षणअनुसार…