बुटवलमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवलमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता सुरु



बुटवल। बुटवलमा मंगलबारदेखि जिल्ला स्तरीय एभरेष्ट कप भलिवल प्रतियोगिता सुरु भएको छ । एभरेष्ट माध्यमिक विद्यालय सुख्खानगरको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मंगलबार पहिलो चरणका खेलहरु भएका छन् ।

प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा छात्रातर्फ एभरेष्टले शान्ति नमुना मा.विलाई २५–८ र २५–७ को सोझो सेटमा पराजित गरेको छ । त्यसैगरी दोस्रो खेलमा सगरमाथा मा.विले न्यू इन्भारोमेन्ट मा.विलाई २५–७ र २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी छात्रातर्फको क्वाटर फाइनलको पहिलो खेलमा एभरेष्टले कालिकालाई २५–७ र २५–६ को सोझो सेटमा पराजित गरेको छ ।

त्यस्तै छात्रतर्फको पहिलो खेलमा एभरेष्टले मुनलाइट मा.विलाई २५–९ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ भने दोस्रो खेलमा क्याननले सगरमाथालाई २५–१२ र २५– १७ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी तेस्रो खेलमा अक्सफोर्डले अन्नपूर्णलाई २१–२५, २६–२४, २५–२२ को सेटमा पराजित गरेको छ भने चौथो खेलमा कालिकाले न्यू इन्भारोमेन्टलाई २५–१४, २५–१४ को सोझो सेटमा पराजित गरेको छ । त्यसैगरी पाँचौ खेलमा न्यू होराइजनले ग्रीन प्लान्टलाई २५–२०, २५–१५ को सोझो सेटमा पराजित गरेको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा छात्रछात्राको गरि २९ समुहको सहभागिता रहेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रका विद्यालयहरुले पनि ठुलो योगदान दिएको उल्लेख गर्दै निजी विद्यालयलाई हेर्ने दृष्टिकोणमा स्थानीय तह गम्भिर बन्दै गएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भिमबहादुर राना, शिक्षा समिति संयोजक लोकनाथ पन्थी, क्षेत्रीय भलिवल संघका उपाध्यक्ष बिष्णुकुमार श्रेष्ठ, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्ग, विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्रिन्सिपल माधवप्रसाद आचार्य, शिक्षक माधव पौडेल लगायतले खेलक्षेत्रको बिकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

छात्रतर्फ १६ र छात्रातर्फ १३ विद्यालयका खेलाडि विद्यार्थीको समुहको सहभागिता रहेको प्रतियोगितामा छात्रछात्रातर्फका दुबैतर्फका समुहमा बिजयी हुने नगद १५ हजार, उपविजेताले १० हजार र तृतिय हुनेले ५ हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै एभरेष्टमा जारी खेल सप्ताह अन्तरगत विभिन्न चरणका खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । खेलकुद सप्ताह अन्तरगत कक्षा नर्सरीदेखि कक्षा १२ सम्मकै विभिन्न चरणका १९ बढी ईभेन्टका खेलहरु जारी रहेको विद्यालयका सहायक प्रचार्य भिमसेन गौतमले जानकारी दिए ।