५ वर्ष भित्र क्षेत्र नम्बर १ ख का सबै बाटो कालोपत्रे गर्छौँ : रज्जाक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

५ वर्ष भित्र क्षेत्र नम्बर १ ख का सबै बाटो कालोपत्रे गर्छौँ : रज्जाक



तिलोत्तमा, ८ मंसीर । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेद्वार तथा नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले आफ्नो निर्वाचन क्षेत्रका सबै बाटोहरु कालोपत्रे गर्ने बताएका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका क मा ७५ प्रतिशत सडक कालोपत्रे भईसकेको बताउँदै ख क्षेत्रमा समेत ५ वर्ष भित्रमा कालोपत्रे गर्ने बताएका हुन् ।
तिलोत्तमा नगरपालिका १६ मा घरदैलो कार्यक्रममा सहभागी रहँदै गर्दा रज्जाककले बामले जितेमा बिभिन्न किसिमका खतराहरु आउने भन्दै लोकतान्त्रीक गठबन्धनलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ ख का प्रदेश सभा उम्मेद्वार हरी न्यौपानेले बोल्दै आफुलाई बिजयी बनाएमा बिकास निर्माणका कार्यहरु गर्दै जाने बताए । उनले कार्यकर्तालाई सम्बोधन गर्दै देशकै नमुना सिचाई क्षेत्रको रुपमा र पर्यटकिय रुपमा नमुना बनाउने बताए ।
यसैबिच तिलोत्तमा नगरपालिका ७ मा नेपाली कांग्रेसको सोकसभा सम्पन्न भएको छ ।

स्व. हरी प्रसाद रेग्मीको मृत्यु भएकोमा सोक सभा सम्पन्न भएको हो । ७ नम्बर वडा सभापति बिष्णु प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार अब्दुल रज्जाक, क्षेत्र नम्बर १ ख का उम्मेद्वार हरी न्यौपाने, नगर सभापति हरीलाल पाण्डे लगायतले बोलेका थिए ।