प्रचण्डकी बुहारी विना कञ्चनपुर -१ बाट जितको नजिक पुगेपनि ज्वाइँ जीवन भने मोरङ -६ को प्रदेश 'क' मा पराजित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डकी बुहारी विना कञ्चनपुर -१ बाट जितको नजिक पुगेपनि ज्वाइँ जीवन भने मोरङ -६ को प्रदेश ‘क’ मा पराजित



मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट प्रचण्डका छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् ।

आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् । तबदार २३ हजार ५१३ मतसहित निर्वाचित भए ।

आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ ।तर प्रचण्डकी बुहारी विना मगर भने कञ्चनपुरबाट जितको नजिक प्गेकी छन् ।

कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् ।