रुकुममा प्याराग्लाइडिङ परीक्षण सफल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रुकुममा प्याराग्लाइडिङ परीक्षण सफल



रुकुम(पश्चिम) ।जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ को काडागाउँको चुच्चे ढेङगामा विद्यार्थी, स्थानीयलगायत जम्मा भएका थिए । कारण थियो स्थानीयको लागि नौलो कुरा प्याराग्लाइडिङको उडान हेर्ने ।

स्वीजरल्याण्डका नागरिक डेनिया प्याराग्लाइडिङको उडानको परीक्षणको तयारीमा देखिन्थे । केही छिनमा त्यहाँबाट प्याराग्लाइडिङ उड्यो र स्यार्पु तालतिर लाग्यो । त्यो दृष्य हेरिराखेका स्थानीय चकित भए मान्छे कसरी उड्दो रहेछ भनेर । त्यहाँबाट उडेको प्याराग्लाइडिङले सम्पूर्ण गाउँको परिक्रम गरेर माथि आकासमा जाँदै गरेको दुश्य देखेर सबै जना दङ्ग देखिन्थे । महिला बालबालिका त झनै अचम्मित देखिएका थिए ।

रुकुम(पश्चिम)को बाफिकोट ५ काडाका स्थानीयहरूको लागि यो दृश्य नौलो नै थियो । करिब तिन गाउँ र ५ नम्वर वडाको तीन ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । रैपोखरी, दुदिल्डाडा र चुच्चे ढुङगा गरि तिन ठाउवाट सफल परीक्षण गरिएको छ । डेनियाका अनुसार सबैभन्दा उत्तम ठाउ भनेको रैपोखरी रहेको छ । रैपोखरीवाट उडान गर्दा सबै भन्दा भरपर्दो रहेको डेनियाले बताए ।

विभिन्न डाँडाबाट स्यार्पुमा प्याराग्लाइडिङको सफल परीक्षण भएपछि स्थानीय निकै खुसी देखिन्छन् । रुकुमको पर्यटकिय ठाउहरूको बिकासको लागि यस्ता कार्यले निकै ठुलो भूमिका खेल्ने काडाका स्थानीयहरूको भनाई रहेको छ । शिक्षक गोपाल केसीका अनुसार अवका दिनमा स्यार्पुको पर्यटन बिकासको लागि यो कार्यले ठुलो सहयोग गर्ने बताए ।

उनले भने– ‘‘जिल्लामा गत बर्ष प्याराग्लाइडिङ परीक्षण उडान भए पनि बाँफिकोटमा भने यो उडान पहिला हो’’। यसरी गाउँमा विदेशी पर्यटकले प्याराग्लाइडिङ उडाउँदा स्थानीयहरू अचम्मित रहेका छन् । प्याराग्लाइडिङको रुकुम(पूर्व) रुकुमकोटमा पनि परीक्षणको लागि रुकुमकोट उडान गरेको छ । बाफिमकोट रुकुमकोटका लागि प्याराग्लाइडिङ लिएर स्वीज नागरिक बाफिकोटबाट उडानमै गएको स्थानीय सुगराम देवकोटाले दैनिक पत्रलाई जानकारी दिए । प्याराग्लाइडिङको उडानले व्यवसाय रूप लियो भने स्यार्पुमा आउने पर्यटक पनि वृद्धि हुने देवकोटाको भनाई रहेको छ ।

गत वर्ष जन्ती बस्ने लेकवाट रुकुम(पश्चिम)को सदरमुकाम सल्लेमा प्याराग्लाइडिङ परीक्षण गरेको थियो । तर परीक्षण पछि भने व्यवसायिक तरिकाले प्याराग्लाइडिङको सुरुवाति भएको देखिँदैन । रुकुम प्याराग्लाइडिङको लागि उचित ठाउ भएको स्वीजरल्याण्डका नागरिक डेनिको भनाई रहेको छ । रुकुमको पर्यटकिय किासको लागि प्याराग्लाइडिङ लाई व्यवसाय रूपमा संचालन गर्नु पर्ने स्थानीय नागरिकको भनाई रहेको छ ।