जेष्ठ नागरिकका बारेमा राज्यले उपयुक्त निति अवलम्बन गर्न नसकेको गुनासो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

जेष्ठ नागरिकका बारेमा राज्यले उपयुक्त निति अवलम्बन गर्न नसकेको गुनासो



बुटवल : नेपालमा कुल जनसंख्याको ८ दशमलव १३ प्रतिशत अर्थात करिब २६ लाख जेष्ठ नागरिक रहेका छन । उनिहरुलाई राज्यले बृद्ध भत्ता स्वरुप ७ अर्व रुपैयाँ लगानी गर्दै आईरहेको पनि महासंघले जनाएको छ । सरकारले ६० बर्ष माथिका मानिसलाई जेष्ठ नागरिक मानेपनि बृद्ध भत्ता भने ७० बर्ष पुगेपछि मात्र दिने गरेको छ । राज्यले ६० बर्ष माथिका लाई जेष्ठ नागरिक मानेपछि उनिहरुलाई बृद्ध भत्ता लगाएतका राज्यबाट पाउने सम्पुर्ण सेवा र सुबिधाहरु पाउनु पर्ने माग गरिँदै आएको छ ।

यसै सन्दर्भमा जेष्ठ नागरिकहरुको प्रतिभाको सम्मान र योगदानको कदर गरौं भन्ने मुल नाराका साथ आज बिश्वभर २७ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश मनाईयो । जिवनको उत्तराद्र्धमा भोग्नु पर्ने समाजका जेष्ठ नागरिकहरुका समस्याका बारेमा राज्य पक्ष गम्भिर नरहेको जेष्ठ नागरिकका अगुवाहरुले गुनासो गरेका छन ।
बृद्ध अवस्थामा प्रबेश गरेपछि राज्य, परिवार र समाजबाट उपेक्षित हुनुपर्ने अबस्थाबाट मुक्त गर्न राज्यले उपयुक्त निति अवलम्बन गर्नु पर्ने कुरामा उनिहरुको जोड थियो । जिवनको लामो समय बिभिन्न क्षेत्रमा संगालेको अनुभव, ज्ञान, सिप र दक्षतालाई सदुपयोग गर्ने निति तर्जुमा गर्नसकेमा समृद्ध मुलुक निर्माणमा टेवा पुग्ने धारणा समेत उनिहरुले ब्यक्त गरेका छन ।

पाका पुस्ता सम्मानित नागरिकको रुपमा समाजमा स्थापित हुनुपर्नेमा अपहेलित र उपेक्षित हुनुपरेकोले संगठित हुनुपर्ने आवश्यक्ता उत्पन्न भएको पनि उनिहरुले जिकिर गरेका छन । ज्येष्ठ नागरिकको हकहित स्थापित हुनुपर्ने, उनिहरुका लागि राज्यले उपयुक्त निति निर्माण र कार्ययोजना तय गर्नुपर्ने, नितिनियम कार्यान्वयनमा प्रभावकारी भुमिका खेल्नुपर्ने लगाएतका मागहरु उनिहरुले अघि सारेका छन । अनुभव, ज्ञान र सिपका खानी मानिने जेष्ठ नागरिकहरुलाई राज्यले उपयोग गर्न नसकेको भन्दै उनिहरुले चिन्ता समेत ब्यक्त गरेका छन ।

२४ औं बिश्व अल्जाईमर चेतना दिवशको अवसर समेत पारेर आयोजित सो कार्यक्रममा बोल्ने बक्ताहरुले जेष्ठ नागरिकलाई सन्तुलित खाना र ब्यायामको ब्यबस्था मिलाउन सकेमा अल्जाईमर अर्थात बिस्मृती जस्तो समस्याबाट मुक्ति मिल्ने बिचार समेत उनिहरुले राखेका छन । जेष्ठ नागरिक संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको प्रथम जिल्ला अबिधेशन तथा उत्कृष्ठ जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यले उपेक्षा गरिरहेमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन ।