नवलपरासीको भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नवलपरासीको भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु



नवलपरासी, ६ असोज । नवलपरासीको सरावल गाउँपालिका ६ भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । विजया दशमी तथा दिपावलीको श्री नव दुर्गा युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ ।

कार्यक्रमको उदघाटन गर्दै श्रम राज्यमन्त्री दिल्ली बहादुर चौधरीले भुजहवा क्षेत्रमा खेल स्टेडियम आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान पु¥याउन जरुरी रहेको बताए । उहाँले हिमाल, पहाड र मधेसीलाई यसको भाषा सभ्यता र संस्कृतिले एकताबद्ध बनाएको बताए ।

यस्तै नेपाली काग्रेस क्षेत्र नं. ५ का सांसद विक्रम खनालले खेलले मनोरञ्जनको साथै शारीरिक, मानसिक र समाजिक सदभावको लागि मद्धत गर्ने बताए ।
भुगोल, भाषा र संस्कृतिको नाममा कसैलाई भेदभाव गर्ने अधिकार नभएको भन्दै उहाँले यदि कोही हिमाल, पहाड, मधेस र भाषा संस्कृतिको नाममा राजनीतिक गरेको छ त्यसले देशको हित नगर्ने बताए । भुजहवा क्षेत्रको चौतफी विकासका लागि आफुले आर्थिकसहित सबै तवरबाट सहयोग गर्ने प्रतिवद्दता उहाँले व्यक्त गरेका थिए ।
प्रतियोगितामा बिजयी टिमले २१ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र, उपबिजेताले ११ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।