खुद्रा किराना व्यवसायी संघद्धारा रक्तदान - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

खुद्रा किराना व्यवसायी संघद्धारा रक्तदान



बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीद्धरा बुटवलमा सुक्रबार रक्तदान कार्यक्रम सम्पन गरेको छ ।

रक्त संचार केन्द्र बुटवलको प्राविधीक सहयोगमा भएको कार्यक्रमा खुद्रा किराना व्यवसायी तथा अन्य सर्व सधारण गरी ३५ जनाले रक्तदान गरेको जनाएको छ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रमा गरेको संघकी अध्यक्ष कमला गौतमले बताईन् ।

संघको यही १२ गते हुने साधारण सभा तथा अधिबेशनमा तयारी तिव्र पारीएको सचिव कृष्ण पाण्डेले बताए । किराना व्यावसयी संघले यस अघि आगोलागी पिडीतलाई राहत ,बृद्धा आश्रमलाई सहयोग समेत गरेको संस्थाका प्रेस सल्लाहकार तेजेन्द्र केसीले जानकारी दिए ।